स्याङ्जा दुर्घटनामा मृतक सबै १४ जनाको सनाखत
स्याङ्जा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, कोर्ट कुमारी कुँवर, ज्ञानदली कुँवर र जानुका कुँवर रहेका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना भएको थियो । यस्तै ११ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकमार केसीले जानकारी दिए । सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । घटनापछि प्रहरी अधिकृत सहितको टोली खटिई गई घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ ।
दुर्घटना स्थलमा उद्दार कार्य गर्नुका साथै दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जीपमा सवार अधिकांश मतदाता भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
-
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण