मोरङमा ७० प्रतिशत मत खसेको अनुमान
शुक्रबार, ३० वैशाख २०७९, १७ : २३
मोरङमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । कुनै पनि स्थानीय तहमा अप्रिय घटना नभएको र तनावपूर्ण अवस्था पनि नरहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेभन काश्यप अधिकारीले जानकारी दिए ।
‘जिल्लाभरमा सौहार्दपूर्ण वातावरणमा मतदान भएको छ,’ अधिकारीले भने, ‘कुनै खालको अप्रिय वातावरण बनेको छैन ।’ अधिकारीले मोरङमा बेलुका ४ बजेसम्मको डाटा अनुसार ६० प्रतिशत मतदान भइसकेको बताए । अहिले पनि मतदान भइरहेको कारण ७० प्रतिशत मतदान हुने अनुमान गरिएको उनले बताए । ‘दिउँसो ४ बजेको डाटा अनुसार ६० प्रतिशत मत खसिसकेको छ,’ अधिकारीले भने, ‘साँझसम्ममा ७० प्रतिशत मत खस्ने अनुमान गर्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण