सिम्तामा मतपत्रमा हस्ताक्षर नभएको भन्दै मतदान अधिकृतसहित कर्मचारी घेराबन्दीमा
शुक्रबार, ३० वैशाख २०७९, १८ : ४२
सुर्खेतको सिम्ता गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेदेखि मतदान स्थगित भएको हो।
मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको भन्दै दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि मतदान स्थगित भएको हो सिम्ताका निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए । उनले भने,‘दलका कार्यकर्ताले मतदान केन्द्र घेरिरहेका छन् । मतदान केन्द्रमा खटिएका मतदान अधिकृत टोपबहादुर रानासहितका कर्मचारीसमेत केन्द्रभित्र थुनिएका छन् ।’उनका अनुसार सुरक्षा व्यवस्था थप कडा नगरेसम्म मतदान सुचारु गर्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण