मोरङका ६ पालिकामा अझै मतगणना सुरु भएन
शनिबार, ३१ वैशाख २०७९, ०९ : ००
मोरङका ६ वटा पालिकामा अझै मत गणना सुरु हुन नसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङको ११ वटा पालिकामा मतगणना भइरहेको छ । अहिलेसम्म सुरु हुन नसक्नेमा रतुवामाई, लेटाङ, सुन्दरहरैंचा, पथरी शनिश्चरे नगरपालिका, विराटनगर महानगरपालिका र केराबारी गाउँपालिका रहेका छन् ।
यी सबै पालिकामा बेलुका मतपेटिका संकलनमा ढिलाई भएको कारण मतगणना केही ढिलो हुन गएको अधिकारीले बताए । ११ बजेसम्ममा सबै पालिकामा मतगणना सुरु भइसक्ने उनले बताए ।
हालसम्म मतगणना सुरु भएका पालिकाहरुमा मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, कटहरी, जहदा, बुढीगंगा गाउँपालिका, उर्लाबारी, बेलबारी, धनपालथान, सुनवर्षी, रंगेली नगरपालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण