शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ताप्लेजुङका आठ स्थानीय तहमा मतगणना जारी

शनिबार, ३१ वैशाख २०७९, १७ : २२
शनिबार, ३१ वैशाख २०७९

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङ जिल्लाका आठ स्थानीय तहमा मतगणना जारी छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ याङमा, गोला घुन्सा र ग्याप्लाको मतदान केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले त्यहाँको मतगणना बाँकी रहेको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिकासहित आठवटा पालिकाको मतगणना सुरु भएको हो । जिल्लाका ८९ हजार ६८० मतदातामध्ये ६४ प्रतिशत अर्थात् ५७ हजार ८९१ मत खसेको थियो । यता मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा भने नेकपा एमालेका मनोजकुमार तुम्बाहाम्फेसहितको टोलीले विजयी भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप