आयातमा कडाइ गर्दा राजस्व सङ्कलन घट्यो
सरकारले आयातमा कडाइ गर्दा राजस्व सङ्कलन उल्लेख्य घटेको छ। चैत महिनाको तुलनामा वैशाखमा २९ अर्ब रुपैयाँ बराबरले राजस्व घटेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
आयात कडाइले केही वस्तुको आयातलाई कम गरे पनि राजस्वमा त्यसको असर देखिएको महालेखाले जनाएको छ। सरकारले चैत महिनामा १ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको थियो । तर, राजस्वको आधा हिस्सा धानेको आयातमा नियन्त्रण हुँदा वैशाख महिनामा ७६ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । यससँगै सरकारले वैशाख मसान्तसम्ममा लक्ष्यको ७३.३ प्रतिशत अर्थात् ८ खर्ब ३५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ बराबरको राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । सरकारले शतप्रतिशत राजस्व सङ्कलन गर्न हरेक महिना १ खर्ब ५७ अर्ब बरावरको राजस्व सङ्कलन गर्नुपर्ने छ। आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण