मोरङको चार स्थानीय तहमा ५ वडाअध्यक्षसहित २६ जना निर्वाचित
मोरङका चार वटा स्थानीय तहमा वडाअध्यक्षसहित २६ जना निर्वाचित भएका छन् । कानेपोखरी, कटहरी, धनपालथान र ग्रामथानमा २६ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । नेपाली काँग्रेसका दुई, नेकपा एमालेका २ र माओवादी केन्द्रका एक जना वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
कटरी गाउँपालिकामा १ नं। वडाको वडाअध्यक्षमा एमालेका हरिनारायण राजवंशी ९ सय ६० मत ल्याएर निर्वाचित भएका छन् । कानेपोखरी १ मा काँग्रेसका रत्नबहादुर कार्की १ हजार १ सय ८, कानेपोखरी ७ मा एमालेका मोहन प्रसाद अधिकारीले १ हजार ३ सय २८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी धनपालथान गाउँपालिका १ मा माओवादी केन्द्रका खाजा हुसेन मीयाँले ५ सय ८२ मत ल्याएर वडाअध्यक्षमा जितेका छन् । सुनवर्षी नगरपालिका १ मा काँग्रेसका विर बहादुर राईले १ हजार २ सय ११ मत ल्याएर वडाअध्यक्षमा विजयी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख काश्यव अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण