उदयपुरका मुख्य निर्वाचन अधिकृतको राजीनामा
आइतबार, ०१ जेठ २०७९, १२ : ५४
उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन ।
उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । सोही कारण राजीनामा दिएको हुनसक्ने स्थानीयको अनुमान छ ।
विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन् । पानी परेपछि स्थगित मतदान प्रक्रिया पुनस् सुचारु नगरेपछि विवाद भएको थियो । मतदानका लागि उम्मेदवारसहित एक हजारभन्दा बढी सर्वसाधारण लाइनमै थिए । तर, उनीहरुले मतदान गर्न नपाएपछि विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण