इटहरी उपमहानगरको प्रमुखमा गठबन्धनको अग्रता, उपप्रमुखमा एमाले अगाडि
आइतबार, ०१ जेठ २०७९, १८ : ०७
इटहरी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । अपराह्न ५ः२४ बजेसम्मको मतगणना अनुसार सत्तारुढ गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका हेमकर्ण पौडेलले ३ हजार २१ मत पाएका छन् भने एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बाले २ हजार २९४ मत पाएका छन् ।
उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । उपप्रमुखमा एमालेका उम्मेदवार संगीता कुमारी चौधरीले २ हजार ५१९ मत पाउँदा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्टले एक हजार ९२४ मत पाएका छन् ।
राप्रपाबाट प्रमुख पदका उम्मेदवार आकाश हाङ्ग लिम्बुले ३०० र उपप्रमुख पदका उम्मेदवार वविता कुमारी चौधरीले ३८७ मत पाएका छन् । इटहरी उपमहानगरको वडा नम्बर १, २, १९ र २० वडाको मत गणना भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण