शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भोटखोला गाउँपालिकाको मतगणना सुरु

आइतबार, ०१ जेठ २०७९, १९ : ४८
आइतबार, ०१ जेठ २०७९

संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलाको मत गणना सुरु गरिएको छ । भोटखोला गाउँपालिकामा मत पेटीका संकलन ढिलाइ भएपछि मत गणना हुनसकेको थिएन । थुदाम मतदान केन्द्रको मत पेटीका आइपुगेपछि आइतबार साँझ ६:१५ बजेबाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए । 

सडक सञ्जाल नभएको भोटखोलामा गाउँपालिका केन्द्र सम्म आइपुग्न तीन दिन पैदल हिँड्न पर्ने हुन्छ । यातायात पहुँच नभएको भोटखोलामा मत पेटीका संकलनमा ढिलाइ भएको थियो । भोटखोला गाउँपालिका–२ दुधपोखरी आधारभूत विद्यालय थुदामको मतदान केन्द्रको मतपेटी आइतबार दिउँसो १ बजे मात्र निर्वाचन अधिकृतको कार्यालय हटिया आइपुगे थियो । थुदाम मतदान केन्द्रमा ५९ जना मतदाता भए पनि २६ मत मात्र खसेको थियो ।  

भोटखोलामा ५ हजार २ सय २७ मतदाता रहेका थिए । भोटखोलामा ३ हजार ६ सय ५४ मत मात्र खसेको थियो । भोटखोला गाउँपालिकामा ५ वडामा १० मतदान केन्द्र रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप