जसपाका केन्द्रीय सदस्य वडा सदस्यमा निर्वाचित
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई खोटाङको साकेला गाउँपालिका-२ रतन्छाको वडा सदस्य निर्वाचित भएका छन् । २५ वर्षअघि भएको स्थानीय निकायको निर्वाचनबाट रछन्छाको गाविस अध्यक्ष चुनिएका राई यसपल्ट वडा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३२५ मत पाएका छन् ।
कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको गठनबन्धनको सहमतिअनुसार उनी जिल्ला समन्वय समितिमा जानेगरी वडा सदस्यमा उठेका हुन् । उनी २०६४ र २०७० को संविधानसभा सदस्यमा पनि उठेका थिए ।
केही समयअघि मात्र उनी दिक्तेल बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्षको भूमिकाबाट बिदा भएका हुन् । राई २०५४ सालमा एमालेबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनले गाविसको पञ्चवर्षीय योजना बनाए, भिलेज प्रोफाइल बनाए जुन काम जिल्लामै पहिलोपल्ट भएको थियो । तत्कालीन गाविसलाई नमुना बनाउन पहल गरेबापत उनले तत्कालीन जिल्ला परिषदबाट उत्कृष्ट गाविस अध्यक्षको रूपमा सम्मान पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण