विराटनगर महानगरपालिकाको ४ वटा वडाको परिणाम घोषणा
विराटनगर महानगरपालिकाको १९ वटा वडामध्ये ४ वटा वडाको मतगणना सकिएको छ । मतपरिणाम अनुसार वडा नम्बर १६ मा कांग्रेस, १९ मा एमाले, १७ मा जसपा र १८ मा स्वतन्त्र उम्मेद्वारले जितेका छन् ।
१६ मा काँग्रेसका उम्मेदवार उद्धव भूजेलले ७५२ मत, १७ मा जसपाका उम्मेदवार समिम कमर मियाले १४५० मत, १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साहले ७१६ र १९ मा एमालेका उम्मेदवार श्याम घिमिरले ९८७ मतले वडाअध्यक्ष जितेका छन् ।
मतगणनाको लागि तीन स्थान थपियो
विराटनगर महानगरपालिकाको मतगणनालाई गति दिन थप तीन स्थान बढाएर अहिले ९ स्थानबाट मतगणना सुरू भएको छ । यसअघि ६ स्थानबाट गणना सुरू भएकोमा सोमबारदेखि विराटनगरस्थित आर्दश माविमा ९ स्थानबाट एक साथ मत गणना सुरू गरिएको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार विराटनगरको १, २, ३, ४, ५, ६, १३, १४, र १५ वडाको मत गणना जारी रहेको छ । मत गणनास्थल थप गरिएपछि ६, १३ र १४ वडाको मत गणना सुरू गरिएको उनले जानकारी दिए ।
मतगणनास्थलमा तारजाली र सिसी टिभी जाडान गरेपछि सोमबारदेखि थप तीन स्थान बढाएर अहिले ९ स्थानबाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत लम्सालले जानकारी दिए । एकसाथ ९ स्थानदेखि गणाना सुरु भएपछि वैशाख ६ गतेसम्ममा विराटनगर महानगरपालिकाको नतिजा सार्वजानिक हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण