उदयपुरगढी गाउँपालिका अध्यक्षमा समाजवादीका मानबहादुरले मारे बाजी
उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम् प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले हराउदै निर्वाचित भएका हुन् ।
मगरले ४ हजार ९ सय ४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार १ सय १४ मत मात्र प्राप्त गरे । यस्तै उपाध्यक्षमा एमालेकी शोभाकुमारी मगरलाई हराउदै कांग्रेसका जितबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ४ हजार ६ सय ४८ मत ल्याउँदा नेकपा एमालेकी शोभाकुमारी मगरले ३ हजार ८६३ मात्र मत ल्याइन् ।
त्यसैगरी उदयपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा समाजवादीका दिलबहादुर राना मगर विजयी भएका छन् । वडा नम्बर २ मा स्वतन्त्र उम्मेदवार ईन्द्रबहादुर राउत विजयी भएका छन्। वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका मनोजकुमार कार्की, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका रामबहादुर घले मगर, वडा नम्बर ५ मा नेपाली कांग्रेसका कुमार अधिकारी, वडा नम्बर ६ मा कांग्रेसका कृष्णबहादुर खत्री, वडा नम्बर ७ मा माओवादी केन्द्रका भुवन केप्छाकी मगर र वडा नम्बर ८ मा एमालेका थीरबहादुर राउत विजयी भएका छन् । उदयपुरगढी गाउँपालिकामा २० हजार २ सय ५२ मतदाता मध्ये ५९ दशमल ७६ प्रतिशत १२ हजार १ सय २ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण