सिद्धिचरण नगरपालिका : मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी
मङ्गलबार, ०३ जेठ २०७९, १० : १९
ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुख नेकपा एमालेले जितेको छ । मेयरमा काँग्रेसका तेजन खनालले एमालेका इच्छाकुमार गुरुङलाई पराजित गर्दै विजय हाँसिल गरेका हुन् ।
काँग्रेसका खनालले ६ हजार ८ सय ३४ मत प्राप्त गर्दा एमालेकी गुरुङले ५ हजार ६ सय ४० मत प्राप्त गरिन् । मेयरमा एमालेका वागी उम्मेदवार सिताराम गुरुङले १४६ मत ल्याए । प्रतिद्वन्द्वी खनाल र गुरुङको मतान्तर १ हजार १ सय ९४ रहेको छ ।
त्यस्तै उपमेयरमा एमालेका केदारबाबु बस्नेत ५ हजार ६ सय ९८ मत ल्याएर विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रुपेश शाक्य ५ हजार १ सय ८२ मतमा सिमित बने । यसअघि २०७४ को निर्वाचनमा सिद्धिचरणको मेयर जितेको एमालेले यो पटक मेयर पद गुमाउन पुग्दा काँग्रेसको कब्जामा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण