शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जंगली हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु

मङ्गलबार, ०३ जेठ २०७९, १३ : ४६
मङ्गलबार, ०३ जेठ २०७९

झापाको मेचीनगर नगरपालिका वडा नम्बर–९ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट आएको जंगली हात्तीको आक्रमणबाट पशुपति टोल बस्ने ७० वर्षीया पेना किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप