प्रदेश १ का मुख्यमन्त्री राईको वडामै काँग्रेस विजयी
प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सचिव राजेन्द्र राईको वडामा नेपाली काँग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपाल कुमार कार्कीले जितेका हुन् । कार्कीले ६ सय ९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)का मिलन विष्टले ३७७ मत ल्याएका छन् ।
उक्त वडामा नेकपा एमाले तेस्रो स्थानमा रहेको छ । एमालेका ज्ञानेन्द्रप्रसाद दाहालले २ सय १० मत प्राप्त गरेका छन् । षडानन्द नगरपालिकाको १, ५, ७, १०, १२ र १४ नम्बर वडा एमालेले जितेको छ । यस्तै वडा नम्बर २, ४, ६, ८, ११ र १३ मा कांग्रेस विजयी भएको छ । नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले ३ नम्बर वडामा जितेको छ ।
यस्तै षडानन्द नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेको भएपनि एमालेका उम्मेदवार सुरेन्द्र उदास प्रमुखमा निर्वाचित भएका छन् । उनले ६ हजार ७ सय ७२ मत ल्याउँदा कांग्रेसका वीरबल राईले ५ हजार ७ सय ५७ मत ल्याएका थिए । उपप्रमुखमा भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की प्रमिला राई ७ हजार २ सय ५७ मतसहित विजयी बनेकी छिन् । उनले एमालेकी उम्मेदवार मेरिकालाई पराजित गरेकी हुन् । मेरिका राईले ४ हजार ३ सय ५८ मत ल्याएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण