शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

धनकुटामा गठबन्धनलाई हराउँदै एमाले विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १६ : ४४
मङ्गलबार, ०३ जेठ २०७९

सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै धनकुटा नगरपालिकाको मेयरमा एमालेका चिन्तन तामाङ विजयी भएका छन् । धनकुटा नगरपालिकामा काँग्रेस र माओवादी मिलेर काँग्रेसका उम्मेदवार चुनाव लडेका थिए ।

गठबन्धनका तर्फबाट काँग्रेस उम्मेदवार बनेका दिनेश राईलाई पराजित गर्दै तामाङ मेयरमा निर्वाचित भएका हुन् । तामाङले ७६६६ मत प्राप्त गरि विजय हुँदा राईले ७६५२ मत प्राप्त गरे । तामाङ र राईको मतान्तर १४ रहेको छ । उपमेयर पनि एमालकै भीमादेवी खनाल ७१९६ मत प्राप्त गर्दै विजयी बनेकी छन् । उनले माओवादी केन्द्रका उपमेयर उम्मेदवार गणेशबहादुर विष्टलाई पराजित गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप