विराटनगर महानगरपालिका : प्रमुखको ८४३२ र उपप्रमुखको १२४२२ मत बदर
विराटनगर महानगरपालिकामा प्रमुख तथा उपप्रमुख पदको मत बदर अत्याधिक पाइएको छ । हालसम्म गणना भएको ३१ हजार ४ सय ५ मतपत्रमध्ये प्रमुख पदको २६.८५ प्रतिशत अर्थात् ८ हजार ४ सय ३२ मत बदर भएको छ ।
यस्तै उपप्रमुख पदको ३९.५५ प्रतिशत अर्थात् १२ हजार ४ सय २२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले बताए ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि विराटनगर महानगरपालिकाको प्रमुख पदमा २४ दशमलव ०७ प्रतिशत मत बदर भएको थियो । महानगरमा रहेको कुल मतदाता १ लाख ३३ हजार १४२ मध्ये ६७.३५ प्रतिशत अर्थात् ८९ हजार ६७८ मत खसेको छ । अघिल्लो निर्वाचनमा महानगरमा ८० हजार ६८९ मत खसेको थियो । त्यसमध्ये मेयरमा १९ हजार ४ सय १९ मत बदर भएको थियो । बुढाथोकीका अनुसार मेयर पदमा सबैभन्दा धेरै विराटनगर १७ को मत बदर भएको छ । विराटनगर १७ मा १ हजार ७०१ मत, विराटनगर १ मा ५५४, विराटनगर २ मा ३०१, १६ मा ७५६, १८ मा ९८१ र १९ मा ८५३ मत बदर भएको छ ।
यस्तै उपप्रमुख पदमा विराटनगर १७ मा १ हजार ७६१, विराटनगर १ मा ९५६, विराटनगर २ मा ५३५, विराटनगर १६ मा १ हजार १०२, विराटनगर १८ मा १ हजार ३१६ र विराटनगर १९ मा १ हजार ५३८ मत बदर भएको छ ।
विराटनगरको प्रमुख तथा उपप्रमुख पदमा नेपाली काँग्रेस, जसपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेका थिए । जसमा प्रमुख पदमा काँग्रेसका नागेश कोइराला उम्मेदवार बनेका छन् । त्यसप्रति असन्तुष्टि जनाउँदै जसपाका नेता उमेश यादवले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । यादवले लालटिन चुनाव चिन्ह लिएका छन् । प्रमुख पदमा मत दिनेहरुले रुख चिन्हमा पनि र लालटिन चिन्हमा पनि मत दिएको पाइएको मतगणनामा खटिने कर्मचारीहरुले बताएका छन् ।
यस्तै उपप्रमुख पदमा पनि नेकपा माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनको चुनाव चिन्ह पनि लालटिन नै रहेको छ । मतदाताले कतै रुख, लालटिन र छाता चिन्हमा पनि मतदान गरेको पाइएको गणनामा खटिने कर्मचारीहरु बताउँछन् । विराटनगरको प्रमुखमा नेकपा एमालेबाट भने सागर थापा र उपप्रमुखमा शिल्पा कार्की उम्मेदवार छन् । गठबन्धनले मतदातालाई राम्रो मतदाता शिक्षा नदिँदा एमालेले त्यसको फाइदा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण