एमालेले जितेकै वडामा समेत महानगर प्रमुख पदका उम्मेदवारलाई मत गएन
विराटनगर महानगरपालिकाको ६ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । ती वडाको मतपरिणाम अनुसार महानगर प्रमुख पदका एमाले उम्मेदवारमाथि पार्टीभित्रबाटै सुक्ष्म अन्तर्घात भएको देखिन्छ । अहिलेसम्म मत गणना भएका ६ वटा वडामध्ये ३ वटा वडा एमालेले जितेको छ भने काँग्रेस, जसपा र स्वतन्त्रले १/१ वडा जितेका छन् ।
एमालेले जितेका वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत र एमालेकै महानगरप्रमुख पदका उम्मेदवारले पाएको मतमा धेरै अन्तर देखिन्छ । १ नम्बर वडामा एमालेले जितेको छ । वडाध्यक्षमा एमालेका काजीबहादुर बस्नेतले एक हजार ९०० मत ल्याउँदा प्रमुखका उम्मेदवार सागर थापालाई एक हजार ६७४ मतमात्रै आएको छ ।
यस्तै वडा नम्बर २ मा पनि एमालेका कुमार पोखरेल वडाध्यक्षमा निर्वाचित भए । पोखरेलले वडाध्यक्षमा एक हजार ३१२ मत ल्याउँदा प्रमुख पदमा थापालाई एक हजार ३५ मत मात्रै गएको छ । एमालेले नै जितेको वडा नम्बर १९ का वडाध्यक्षमा श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी बन्दा प्रमुख पदमा थापालाई भने ९८८ मत पाएका छन् ।
यस्तै काँग्रेसले जितेको वडानम्बर १६ मा काँग्रेसका वडाध्यक्ष उद्धव भुजेलले ७५२ मत ल्याउँदा काँग्रेसबाटै महानगर प्रमुखका उम्मेदवार बनेका नागेश कोइरालालाई ८०८ मत परेको छ ।
वडाध्यक्षहरुले ल्याएको सबै मत जोड्दा एमालेको ५ हजार ९८० मत पुग्छ । तर, प्रमुख पदका एमाले उम्मेदवार थापाले ती वडाबाट ६६१ कम अर्थात् ५ हजार ३ सय १९ मत मात्रै पाएका छन् । काँग्रेसका वडाध्यक्षहरुले ल्याएको मत ५ हजार ३०९ हुँदा प्रमुख पदमा काँग्रेस उम्मेदवार नागेश कोइरालाले भने वडाको भन्दा एक हजार ६४२ मत बढी अर्थात् ६ हजार ९५१ मत पाएका छन् ।
नोटः जितेका वडाध्यक्षहरु निलो बक्समा
थापा पछाडि पर्नुका ३ कारण
जित्ने अवस्थाको निर्वाचनमा एमालेका थापा निरन्तर पछाडि पर्नुका कारणबारे खोजी सुरु भएको छ । ‘हामीले मुख्यगरी तीन कारणले चुनाव हारेको प्रारम्भिक विश्लेषण गरेका छौं,’ एमालेका एक नेताले भने, ‘पहिलो कारण थापाका लागि एमालेका माथिल्लो तहका नेताहरु निर्वाचनमा हिँडेनन् र सहयोग पनि गरेनन्, दोस्रो कारण भनेको थापालाई आर्थिक अभाव भयो ।’ तेस्रो कारणका रुपमा वडा–वडामा टाउको काटेर भोट हाल्ने अभियान पार्टी भित्रबाटै चलाएको उनले बताए ।
उनले भनेजस्तै निर्वाचनमा एमालेका विराटनगरमा रहेका शीर्ष नेताहरु लालबाबु पण्डित, गुरु बराल, विनोद ढकाल र जीवन घिमिरेजस्ता नेताहरु सागर थापालाई चुनाव जिताउन फिल्डमा नहिँडेको अन्य कार्यकर्ताको पनि भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण