इलामको रोङको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी
बुधबार, ०४ जेठ २०७९, ०८ : १८
इलामको रोङ गाउँपालिकामा नेपाली काँग्रेसका मनिकुमार स्याङबो (सुवास) अध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका मेहेरमान तामाङलाई पराजित गरेका छन् । स्याङबोले ४ हजार छ सय ७९ मत पाएका छन् भने तामाङले चार हजार तीनसय २२ मत पाएका छन् ।
उपाध्यक्षमा भने नेकपा एमालेकी विष्णुमाया भुजेल निर्वाचित भएकी छिन् । उनले काँग्रेसकी कल्पना देवी खनाल (भण्डारी)लाई पराजित गर्दै भुजेल पालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । भुजेलले चार हजार छ सय ५६ मत प्राप्त गरेकी छिन् भने खनालले चार हजार एक सय ९७ मत पाएकी छिन् ।
भुजेल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उपाध्यक्षको लागि प्रतिष्पर्धा गरेकी थिइन् । त्यसबेला उनी काँग्रेसकी चन्द्रकला राईसँग पराजित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण