विराटनगरमा नागेश कोइरालाको मतान्तर ३७८५
बुधबार, ०४ जेठ २०७९, १८ : १४
विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नागेश कोइरालाले मतान्तर बढाउँदै लगेका छन् । उनको मतान्तर ३ हजार ७ सय ८५ पुगेको छ । भर्खरै सार्वजनिक विवरण अनुसार कांग्रेसका कोइरालालाई १५ हजार २ सय १३ मत ल्याउँदा एमालेका सागर थापाले ११ हजार ४ सय २८ मत ल्याएका छन् । यस्तै राप्रपाका उम्मेदवार प्रह्लाद प्रसाद साहको ३ हजार ५२ र स्वतन्त्र उम्मेदवार उमेश यादवको ४ हजार ७ सय २८ मत रहेको छ ।
यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा कार्कीले ५ हजारभन्दा बढी मतले गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवलाई उछिनेकी छिन् । उनको मत हालसम्म १३ हजार ८० रहेको छ । गठबन्धनका उम्मेदवार यादवको मत ७ हजार ८ सय ५६ रहेको छ । उपप्रमुखमै राप्रपाकी विन्दा लुइँटेलको मत ३ हजार ७ सय २२ रहेको छ भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २ हजार ७ सय ३९ मत ल्याएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण