रुपन्देहीको ओमसतियाको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी
बिहीबार, ०५ जेठ २०७९, ०६ : ५३
रुपन्देहीको ओमसतिया गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका मन्जित यादव सोनु ४ हजार ८ सय ३२ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राप्रपाका तिलकसिंह बोहराले ३ हजार १ सय ३९ मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसकी सुनिता चौधरी ६ सय ८४ मतान्तरले विजयी भएकी छन् । चौधरी ४ हजार १ सय ३९ मतसहित विजेता बन्दा प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३ हजार ४ सय ५५ मत पाइन् । २३ हजार ९ सय २९ मतदाता रहेको ओमसतियामा १९ हजार २ सय २५ जनाले मताधिकार प्रयोग गरेका थिए । ६ वटा वडा रहेको ओमसतियामा १ मा राप्रपाका बेल बराल, २, ३, ४ र ५ बाट क्रमशः कांग्रेसका सितल जिटी, प्रकाश सिंह, अखिलेश्वर कुमार पाण्डे र मदन प्रसाद पोखरेल विजयी बनेका छन् । ६ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार धवल निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा होर्मुज जलमार्ग बन्द भएको घोषणा, अमेरिका भन्छ, ‘खुला छ’
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण