मोरङको बुढीगंगामा काँग्रेस विजयी
बिहीबार, ०५ जेठ २०७९, ०९ : ५३
२०७४ को निर्वाचन फोरम लोकतान्त्रिकले जितेको मोरङको बुढीगंगा गाउँपालिकामा यस पटक काँग्रेसले जितेको छ । अध्यक्षमा काँग्रेसका जितनारायण थापा मगर र उपाध्यक्षमा काँग्रेसकै निवर्तमान उपाध्यक्ष अमृताकुमारी गच्छदार निर्वाचित भएकी हुन् । थापाले एमालेका उम्मेदवार बलभद्र सरदार थारूलाई ४१९ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भए । थापाले ८ हजार २९९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी सरदारले ७ हजार ८८० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा निर्वाचित गच्छदारले ९ हजार ५० मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसीकुमारी कुँवरले ६ हजार २२३ मत प्राप्त गरिन् । बुढीगंगामा काँग्रेसले वडा नम्बरहरू १, २, ३, ४ र ६, माओवादी केन्द्रले वडा ५ र एमालेले वडा नम्बर ७ को अध्यक्ष जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण