शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खोटाङको हलेसी तुवाचुङमा काँग्रेस विजयी

बिहीबार, ०५ जेठ २०७९, १२ : ११
बिहीबार, ०५ जेठ २०७९

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी भएका छन् । राईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का खडेन्द्रकुमार राईलाई ३५१ मतले तथा राउतले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अमेम्बर राईलाई २७३ मतले पछि पार्दै प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । 

विमलाले छ हजार ३१७ मत ल्याएर विजयी हुँदा खडेन्द्रले पाँच हजार ९६६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सङ्गीता न्यौपाने (ढुङ्गेल)ले जानकारी दिइन् । उनका अनुसार उपप्रमुखमा राउतले पाँच हजार ९३४ मत ल्याएर विजयी हुँदा राईले पाँच हजार ६६१ मत ल्याएकी छन् । 

दश स्थानीय तह रहेको जिल्लामा विमला नगरप्रमुखमा निर्वाचित हुनुहुने पहिलो महिला बनेकी छन् । विसं २०७४ सालको निर्वाचनमा काँग्रेसबाटै उपप्रमुखमा विजयी विमलाले यसवर्षको निर्वाचनमा एमाले र माओवादी केन्द्रको अघोषित गठबन्धनलाई पराजित गर्दै प्रमुखमा विजयी भएकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप