दमकमा थापालाई ५६८ मतको अग्रता
बिहीबार, ०५ जेठ २०७९, १२ : २६
झापाको दमकमा गठबन्धनका उम्मेदवार राम थापाले ७ नम्बर वडाको करिब दुईतिहाइ मतगणना हुँदा ५६८ मतले अगाडि पुगेका छन् । ७ नम्बर वडामा खसेको ३३५० मतमध्ये अहिलेसम्म २१२८ मतको गणना सकिएको छ ।
एमालेले भने ७ मा पछाडि परेपनि ५ बाट त्यसलाई सन्तुलनमा राखेर अगाडि बढ्ने र ६ बाट चुनाव जित्ने दावी गरेको छ । अहिले गणना भइरहेको दमक ७ यसअघि पनि राप्रपाले जितेको वडा हो । त्यहाँ यो पटक पनि निवर्तमान वडाध्यक्ष भीम पौडेल नै उमेदवार छन् । अहिलेसम्म परिणाम घोषणा भएका वडाहरूमा १, २, ३, ८ र ९ मा एमाले विजयी भएको छ भने वडा नम्बर १० र ४ मा नेपाली काँग्रेस विजयी भएको छ ।
दमकको ५ नम्बर वडा एमालेका अध्यक्ष केपी ओलीको वडा हो । त्यहाँ ४३४९ र वडा नम्बर ६ मा २७५४ मत खसेको छ । दमक नगरपालिकामा जम्मा ३९७३६ मत खसेको छ । अब गणना हुन बाँकी मत ८३२५ मत गणना हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण