झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
बिहीबार, ०५ जेठ २०७९, १९ : ४२
ट्रकको ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड–४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो । प्रदेश–१–१०–००१ख ३५९४ नंको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काफ्लेलाई उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण