विराटनगरमा काँग्रेसका कोइराला ५,५४० मतले अगाडि
बिहीबार, ०५ जेठ २०७९, २१ : ५६
विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । उनको मतान्तर ५ हजार ५ सय ४० पुगेको छ ।
कोइरालाले २१ हजार ४२२ मत ल्याउँदा एमालेका सागर थापाले १५ हजार ८८२ मत ल्याएका छन् । यस्तै राप्रपाका उम्मेदवार प्रह्लाद प्रसाद साहको ४ हजार ११९ र स्वतन्त्र उम्मेदवार उमेश यादवको ६ हजार ७५३ मत रहेको छ ।
यस्तै उपप्रमुखमा एमालेकी शिल्पा कार्कीको १८ हजार ४६९ रहेको छ । गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवको मत १० हजार ८०३ रहेको छ । उपप्रमुखमै राप्रपाकी विन्दा लुइँटेलको मत ४ हजार ९९६ रहेको छ भने स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार ९१८ मत ल्याएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण