मोरङको उर्लाबारीमा एमाले विजयी
मोरङको उर्लाबारी नगरपालिकामा एमालेले जित हासिल गरेको छ । उर्लाबारी यसअघि नेपाली काँग्रेसका खड्ग फागोले जितेका थिए । पुनः दोहोर्याएका फागो यस पटक एमालेका गंगा प्रसाद खरेलसँग पराजित भए ।
खरेलले १२ हजार १ सय ५६ मत ल्याएर विजयी बन्दा काँग्रेसका खड्ग बहादुर फागोले १० हजार २ सय ९० मत ल्याए । उर्लाबारीको उपमेयरमा पनि एमालेकै मिना कुमारी खतिवडा विजयी भएकी छन् । उनले १० हजार ७ सय २ मत ल्याएर विजयी भएकी हुन् । काँग्रेसकी सीता कार्कीले भने १० हजार ६ सय ४० मत प्राप्त गरिन् ।
गत चुनावमा मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए । यस पटको चुनावमा भने मेयर उपमेयरमै एमालेले जितेको हो । ९ वटा वडा रहेको उर्लाबारीमा बहुमत वडा अध्यक्ष समेत एमालेले जितेको छ । १, ३, ५, ७ र ८ नम्बर वडा एमालेका उम्मेदवारले जित्दा २, ४, ६, र ९ नम्बर वडाका वडा अध्यक्ष काँग्रेसले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण