सुनसरीको बर्जुमा एमाले विजयी
शुक्रबार, ०६ जेठ २०७९, ०९ : ३४
सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गरेकी छन्।
छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा काँग्रेस विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण