बेलबारीमा एमाले मेयर र काँग्रेस उपमेयरमा विजयी
शुक्रबार, ०६ जेठ २०७९, १० : ३२
मोरङको बेलबारीमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राईले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा काँग्रेसका महेन्द्र प्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याए ।
उपमेयरमा भने काँग्रेसकी नितु थापाले १३ हजार ७ सय ३१ मत ल्याएर विजयी भएकी छिन् । एमाले तिल कुमारी गौतमले १३ हजार ६ सय ५ मत ल्याइन् । बेलबारीमा काँग्रेसले १४, ६, ९, १० र ११ नम्बर वडामा जित हासिल गरेको छ भने एमालेले २, ३, ५, र ७ नम्बर वडा जितेको छ । यस्तै स्वतन्त्रले ८ नम्बर वडा जितेको छ । गत चुनावमा बहुमतसहित बेलबारीमा एमाले मेयर तथा उपमेयरमा पनि विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण