इलामको फाकफोकथुम गाउँपालिकामा एमाले विजयी
इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका डिकबहादुर थापाले ४ हजार ८२१ मत पाए । खनाल २०७४ को स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए । त्यसबेला खनाल काँग्रेसका रामकुमार श्रेष्ठसँग पराजित भएका थिए ।
उपाध्यक्षमा पनि एमालेकी कल्पना राई निर्वाचित भएकी छिन् । उनी ५ हजार १५८ मतसहित विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका केवी वान्तवाले ४ हजार १४७ मत पाए । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा काँग्रेसका कर्णबहादुर लिुम्बु, वडा नम्बर २ मा काँग्रेसकै यामबहादुर खत्री पौडेल, ३ मा एमालेका दिपेन्द्र लिम्बु, ४ मा काँग्रेसका पदमबहादुर मगर, ५ मा एमालेका सिद्धान्त आले, ६ मा एमालेका टंकनाथ खनाल, ७ मा काँग्रेसका छत्रबहादुर लिम्बु वडाध्यक्षमा निर्वाचित भएका छन् । फाकफोकथुममा काँग्रेसका १४ र एमालेका २३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण