शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बिर्तामोडको प्रमुख र उपप्रमुखमा एमाले विजयी

शुक्रबार, ०६ जेठ २०७९, १४ : ५०
शुक्रबार, ०६ जेठ २०७९

झापाको बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ । प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका हुन् ।

महतराले नेपाली काँग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेकी छन् । उनले १६ हजार ५२० मत प्राप्त गरेकी छन् भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ । यसैगरी उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका हुन् ।

उनका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन् । यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहहेकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप