विराटनगर महानगरको नतिजा आजै आउने, ७ हजार मत गन्न बाँकी
विराटनगर महानगरपालिकाको मतगणना सकेर आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीका अनुसार आजै रातीसम्ममा अन्तिम मत परिणाम आउनेछ ।
भर्खरै घोषित मतपरिणाम अनुसार अहिलेसम्म ८२ हजार ५ सय २७ मत गणना भएको छ । जसमा प्रमुख पदमा काँग्रेसका नागेश कोइराला २७ हजार २ सय ६४ मतका साथ अग्रस्थानमा छन् । कोइरालाका प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २० हजार ७९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार १७९ मत पाउँदा राप्रपाका प्रल्हाद साहले ४ हजार ९३५ मत पाएका छन् ।
उपप्रमुखमा भने शिल्पा कार्कीले २३ हजार ६३१ मत ल्याउँदा गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले १३ हजार २ सय ३४ मत पाएका छन् । राप्रपाकी विन्दा लुइँटेलले सोही पदमा ६ हजार ३५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४ हजार ८२८ मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण