मोरङको पथरी शनिश्चरे नगरपालिकामा एमाले र काँग्रेस विजयी
शुक्रबार, ०६ जेठ २०७९, २२ : ०५
मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख पदमा नेकपा(एमाले)का मोहनप्रसाद तुम्वापोले १२ हजार ९५६ मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नगेन्द्रबहादर सुब्बाले ११ हजार १४६ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेका देवीमाया काफ्लेले ११ हजार ७४७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कविता पराजुलीले ११ हजार ३९० मत प्राप्त गरिन् । उक्त पालिका–१, २, ७, ९ र १० मा एमालेका उम्मेदवारहरू वडाध्यक्षमा निर्वाचित भएका छन् भने कांग्रेसका उम्मेदवारहरू ३, ४, ५, ६ र ९ वडाको अध्यक्षमा विजयी हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण