रावाबेँसीको केन्द्र हरमटार कायम गर्ने नवनिर्वाचित जनप्रतिनिधिको निर्णय
खोटाङको रावाबेँसी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले कायम गरेको केन्द्रलाई नै नवनिर्वाचित जनप्रतिनिधिले पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।
सुरुमा राज्य पुनर्सचंरचनाका क्रममा रावाबेँसी गाउँपालिकाको नाम लामीडाँडा र केन्द्र खार्पा निर्धारण गरिएको थियो । तर, पहिलोपल्ट निर्वाचित जनप्रतिनिधिले लामीडाँडा गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार कायम गर्ने निर्णय गरेको थियो ।
अघिल्लो स्थानीय सरकारको निर्णय अनुसार गाउँपालिकाको नाम रावाबेँसी र केन्द्र हरमटार रहने गरी नेपाल सरकारको राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय बैठकले गाउँपालिकाको केन्द्र हरमटार नै कायम गर्ने निर्णय गरेको हो ।
हालको रावाबेँसी गाउँपालिका–२ खार्पामा रहेको केन्द्रलाई अघिल्लो स्थानीय सरकारले रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटार सार्ने निर्णय लिएको थियो । पद तथा गोपनीयताको सपथ ग्रहण लगत्तै बसेको बैठकले गाउँपालिकाको केन्द्रको विषयमा निर्णय लिएको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पुन: गाउँपालिकाको केन्द्र सार्न सक्ने आशंका व्यक्त भइरहेको अवस्थामा यथास्थानमा पालिका राख्ने निर्णय गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण