अजय देवगन बन्न खोज्दा प्रहरीको फन्दामा पुगे युवक
आइतबार, ०८ जेठ २०७९, २२ : २१
युपीको नोएडास्थित सडकमा अजय देवगनजस्तै दुईवटा कारमा स्टन्ट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । साथै, स्टन्टमा प्रयोग गरिएका कार र मोटरसाइकल दुवै मोटर भेहिकल (एमभी) ऐन अन्तर्गत बरामद गरिएको छ। आरोपीको नाम राजीवबाबु राजेन्द्र बताइएको छ । उनी नोएडाको सोरखा निवासी हुन् ।
शनिबार दुईवटा इन्स्टाग्राम रिलहरू सार्वजनिक भएका थिए । पहिलो भिडियोमा ती युवकले अजय देवगनको फिल्म फूल और काटेको स्टन्टको नक्कल गरेको देखिन्थ्यो । उनी दुबै कारको बोनेटमा उभिएको देखिन्छन् र आफ्नो हात बाँधेर उनले अजय देवगनजस्तो दृश्य सिर्जना गर्ने प्रयास गरेका छन् । दोस्रो भिडियोमा युवक बाइकमा स्टन्ट गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण