रङ्गेली नगरपालिकामा एमाले विजयी
आइतबार, ०८ जेठ २०७९, २२ : ३५
मोरङको रङ्गेली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा दिलीप बगडियाले १२ हजार ८५१ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले नौ हजार ६१ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेका भूमाकुमारी पराजुलीले ११ हजार ७९० तथा उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका पन्नालाल मण्डलले पाँच हजार १७५ मत प्राप्त गरेका छन् । नौ वडा रहेको नगरपालिकामा सबै वडाध्यक्षमा एमाले विजयी भएको छ । वडा नं ६ मा जनता समाजवादी पार्टी नेपालकी सरस्वती देवी बहरदारले सदस्य पदमा जीत हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण