गौरीगञ्जको अध्यक्षमा फूलवती, उपाध्यक्षमा कुँवर निर्वाचित
झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी र उपाध्यक्षमा पूजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित राजवंशी नेपाली काँग्रेसका तर्फबाट तथा कुँवर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार रहेका थिए । झापाका १५ पालिकामध्ये अध्यक्ष र उपाध्यक्ष नै महिला निर्वाचित भएको यो पहिलो पालिका हो ।
राजवंशीले पाँच हजार ६८९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजयकुमार अग्रवालले तीन हजार ३३० मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहनुभएका बाबुराजा श्रेष्ठले तीन हजार ३०७ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा श्रेष्ठ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने यसपटक राजवंशीले श्रेष्ठलाई पराजित गरे ।
उपाध्यक्षमा निर्वाचित कुँवरले चार हजार ७५५ मत प्राप्त गरे । उनले काँग्रेसका उम्मेदवार मखना महतोलाई पराजित गरे । महतोले तीन हजार ७९५ मत प्राप्त गरेका थिए । ६ वडा रहेको यो पालिकामा वडा नं १ मा वडाअध्यक्षको मत पुनः गणना भइरहेको छ भने २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का किनालाल राजवंशी, ३ मा श्रवण गिरी, ४ मा फेकाप्रसाद गिरी, ५ मा विजयप्रसाद सिंह नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित भए ।
यता वडा नं ६ मा नेपाली काँग्रेसका उम्मेदवार वद्रीनारायण यादव निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण