जिल्ला समन्वय समिति मुगुमा काँग्रेसको एकल बहुमत
जिल्ला समन्वय समिति गठनका लागि मुगुमा काँग्रेसको एकल बहुमत आएको छ । जिल्लामा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित पाँच प्रमुख उपप्रमुख जितेसँगै अब गठन हुने जिल्ला समन्वय समितिका लागि मतदान गर्न बहुमत पुगेको हो ।
स्थानीय तह प्रमुख र उपप्रमुखको मतदानबाट गठन हुने जिल्ला समन्वय समितिका लागि मुगुका चार स्थानीय तहहरूबाट चार प्रमुख र चार उपप्रमुखले मतदान गर्न पाउँछन् । काँग्रेसले छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा उपाध्यक्ष र मुगुमा कार्मारोङ्ग गाउँपालिकामा अध्यक्ष जित हासिल गरेको छ ।
अन्य दलहरूमा माओवादी केन्द्रले खत्याड गाउँपालिका अध्यक्ष, नेकपा समाजवादीले सोरु गाउँपालिका अध्यक्ष र एमालेले मुगुम कार्मारोङ्ग गाउँपालिकामा उपाध्यक्ष जितेको छ । अन्य दलहरूका एक एक मतदाता हुँदै गर्दा काँग्रेसका एक्लै पाँच मतदाता भएका जिससमा काँग्रेसको एक्लै बहुमत आउने देखिएको हो । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यका लागि उम्मेदवार हुन पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले पाउँछन् भने मतदान गर्न पालिका प्रमुख र उपप्रमुखले मात्र पाउने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण