प्रदेश १ : उदयपुरको कटारीमा अझै मतगणना सुरु भएन
प्रदेश १ का १३३ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । अब ४ वटाको मत परिणाम आउन बाँकी छ । चारमध्ये उदयपुरको त्रियुगा नगरपालिकामा भने मतगणना कार्य नै सुरु हुन सकेको छैन । मतदानको समयदेखि नै विवाद सिर्जना भएपछि त्यहाँ मतगणना हुन नसकेको हो ।
हालसम्म आएको निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसले प्रदेश १ का ६६ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ । यस्तै एमालेले अहिलेसम्म ४६ स्थानीय तह जितेको छ । माओवादीले १२ पालिकामा जित हासिल गरेको छ । काँग्रेसले ६६ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जित्दा ४४ वटा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । २०७४ मा काँग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जित हासिल गरेको थियो ।
२०७४ को निर्वाचनमा प्रदेश १ मा सबैभन्दा धेरै ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले यसपटक दोस्रो स्थानमा खुम्चिएको छ । एमालेले हालसम्म ४६ वटा प्रमुख तथा अध्यक्ष र ५९ उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ ।
नेकपा माओवादी केन्द्रले प्रमुख तथा अध्यक्षमा १२ वटा जित्दा उपप्रमुख तथा उपाध्यक्षमा भने २१ वटा जितेको छ । अघिल्लो निर्वाचनमा जम्मा ९ स्थानीय तह जितेको माओवादी केन्द्रले यसपटक थप ३ स्थानीय तह जितेको हो ।
अघिल्लो चुनावमा प्रदेशमा ३ स्थान जितेको राप्रपाले २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ । अघिल्लो पटक २ स्थानीय तह जितेको जसपा (तत्कालीन संघीय समाजवादी फोरम)ले यसपटक २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ ।
प्रदेश १ मा ३ जना स्वतन्त्र उम्मेदवारले प्रमुख÷अध्यक्ष पदमा जित हासिल गरिसकेका छन् । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले २ प्रमुख तथा अध्यक्ष र ५ स्थानमा उपप्रमुख तथा उपाध्यक्ष जितेको छ ।
मतणनाको अन्तिम परिणाम आउन बाँकी स्थानीय तहमध्ये काँग्रेस २ स्थानीय तहमा अगाडि छ भने नेकपा एमाले १ स्थानीय तहमा अगाडि छ । प्रदेश १ मा अब उदयपुरको २ र झापाको २ वटा स्थानीय तहको मात्र नतिजा आउन बाँकी छ ।
अहिलेसम्मको गणनामा झापाको मेचीनगर नगरपालिका एमालेका गोपाल बुढाथोकी र काँग्रेसबाट उदयपुरको कटारी नगरपालिकामा राजेश चन्द्र श्रेष्ठले अग्रता कायम राखेका छन् । काँग्रेसबाटै झापाको गौरीगञ्ज गाउँपालिकामा फुलवती राजवंशीको अग्रता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण