गठबन्धन नहुँदा मोरङमा एमालेलाई नाफा
विराटनगर । देशभर पहिलो स्थान ल्याएको नेपाली काँग्रेस आफ्नै उद्गम थलो मोरङमा भने दोस्रो स्थानमा खुम्चिएको छ । मोरङका सबै पालिकाको मत परिणाम आइसक्दा एमाले पहिलो र काँग्रेस दोस्रो स्थानमा छ । यसअघि एक÷एक पालिका जितेका माओवादी केन्द्रले एउटा पालिकाको उपाध्यक्षमा चित्त बुझाएको छ भने र जनता समाजवादी पार्टी केही वडामा थन्किएको छ ।
परिणाम अनुसार एमालेले ७ वटा नगरपालिका र २ गाउँपालिकामा जित निकालेको छ । एमालेले उर्लाबारी, सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, सुनवर्षी, लेटाङ र रंगेली नगरपालिका तथा केराबारी र कानेपोखरी गाउँपालिका जितेको हो ।
यता, नेपाली काँग्रेसले भने १ महानगर, १ नगर र ६ वटा पालिकामा जितेको छ । काँग्रेसले जितेका पालिकाहरुमा विराटनगर महानगरपालिका, रतुवामाई नगरपालिका, कटहरी, जहदा, ग्रामथान, धनपालथान, बुढीगंगा र मिक्लाजुङ गाउँपालिका छन् ।
२०७४ सालको निर्वाचनमा काँग्रेसले (फोरम लोकतान्त्रिक सहित) १० वटा, एमालेले ५, माओवादी केन्द्रले १ र जसपाले १ पालिकामा जितेका थिए । अहिलेको निर्वाचनमा भने माओवादी केन्द्रले मोरङको मिक्लाजुङ गाउँपालिकाको उपाध्यक्षमा मात्रै जित निकालेको छ । उसले यसअघि जितेको रंगेली नगरपालिकामा एमालेले जितेको छ । जसपाले जितेको जहदा गाउँपालिकामा भने काँग्रेस विजयी भएको छ ।
एमालेले पालिकाको उपप्रमुखमा पनि उल्लेख्य जितेको छ । एमालेले आफूले जितेका पालिकामध्ये बेलबारीको उपप्रमुख गुमाएको छ । अन्य ८ पालिकाको प्रमुख र उपप्रमुख दुवैमा जित निकालेको छ भने विराटनगर महानगरपालिकाको उपप्रमुख र रतुवामाई नगरपालिकाको उपप्रमुख तथा कटहरी र ग्रामथान गाउँपालिकाको उपाध्यक्ष थप गर्दै उपप्रमुखको संख्या १२ पु¥याएको छ ।
काँग्रेस भने उपप्रमुखको संख्या ५ मा सीमित बन्न पुगेको छ । काँग्रेसले उपप्रमुख जितेका पालिकाहरुमा बेलबारी नगरपालिका, जहदा गाउँपालिका, बुढीगंगा गाउँपालिका र धनपालथान गाउँपालिका छन् । यता माओवादी केन्द्रले भने मिक्लाजुङ गाउँपालिकाको उपाध्यक्षमात्रै जितेको छ ।
वडागत तथ्यांकमा पनि एमाले पहिलो बनेको छ । १५९ वटा वडामा मोरङमा एमाले एक्लैले ७८ वडामा जितेको छ । दोस्रो बनेको काँग्रेसले ६० सिट जित्दा माओवादी भने १२ वटा वडामा खुम्चिएको छ । जसपाले ५ वटा वडा जित्दा राप्रपाले १ र स्वतन्त्रले ३ वटा वडामा जित निकालेका छन् ।
पालिकामा कति वडा कसले जित्यो ? तथ्यांक हेर्नुहोस्
उर्लाबारीमा (९ वटा वडा)
एमाले ५
काँग्रेस ४
कटहरी गाउँपालिका (७ वटा वडा)
एमाले ५
काँग्रेस १
जसपा १
कानेपोखरी गाउँपालिका (७ वटा वडा)
एमाले ५
काँग्रेस २
केराबारी गाउँपालिका (१० वटा वडा)
एमाले ६
काँग्रेस ३
माओवादी १
ग्रामथान गाउँपालिका (७ वटा वडा)
एमाले ५
काँग्रेस १
माओवादी १
जहदा गाउँपालिका (७ वटा वडा)
काँग्रेस ४
माओवादी १
जसपा २
धनपालथान गाउँपालिका (७ वटा वडा)
एमाले १
काँग्रेस २
माओवादी ४
पथरीशनिश्चरे नगरपालिका (१० वटा वडा)
एमाले ५
काँग्रेस ५
बुढीगंगा गाउँपालिका (७ वटा वडा)
एमाले १
काँग्रेस ५
माओवादी १
बेलबारी नगरपालिका (११ वटा वडा)
एमाले ४
काँग्रेस ६
स्वतन्त्र १
मिक्लाजुङ गाउँपालिका (९ वटा वडा)
एमाले २
काँग्रेस ५
माओवादी २
रंगेली नगरपालिका (९ वटा वडा)
एमाले ९
रतुवामाई नगरपालिका (१० वटा वडा)
एमाले ५
काँग्रेस ४
माओवादी १
लेटाङ नगरपालिका (९ वटा वडा)
एमाले ६
काँग्रेस ३
विराटनगर महानगरपालिका (१९ वटा वडा)
एमाले ९
काँग्रेस ६
जसपा २
राप्रपा १
स्वतन्त्र १
सुनवर्षी नगरपालिका (९ वटा वडा)
एमाले ४
कांगेस ४
माओवादी १
सुन्दरहरैंचा नगरपालिका (१२ वटा वडा)
एमाले ६
काँग्रेस ५
स्वतन्त्र १
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण