मूल्यवृद्धिको विरोधमा खालि सिलिन्डरसहित प्रदर्शन
इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका छन् । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् ।
यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ । बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ ।
संघीय सरकारले मनलाग्दी मुल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पार्दा समेत प्रदेश सरकार चुपचाप बसेकाले विरोध गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । उनले बढाइएको मुल्य तत्काल फिर्ता गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण