वडाध्यक्षमा एमाले पहिलो, काँग्रेस दोस्रो
प्रदेश १ मा अन्तिम मत परिणाम घोषणा भएका १ हजार १४० वडाको अध्यक्ष पदमा निर्वाचित हुनेहरुमा एमाले पहिलो देखिएको छ । प्रदेश १ का १३५ पालिकाको प्रमुख र अध्यक्ष पदमा भने एमाले दोस्रो छ । हालसम्म उदयपुरको त्रियुगा नगरपालिकाको १६ वडा र कटारी नगरपालिकाको एउटा वडाको मत परिणाम सार्वजनिक भएको छैन । निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार गणना भएका १ हजार १४० वडामध्ये एमालेले ४७२ वडाध्यक्ष जितेर पहिलो बनेको छ ।
१३५ पालिकामध्ये ६७ पालिकाको प्रमुख र अध्यक्ष जितेको काँग्रेस भने वडामा एमालेभन्दा १२ वटा वडा कम अर्थात् ४६० वटा वडाध्यक्ष जितेको छ । एमालेले भने पालिकाको प्रमुख र अध्यक्षमा ४७ वटा मात्रै जितेको छ ।
यस्तै १२ वटा पालिकाको प्रमुख र अध्यक्ष जितेको माओवादी केन्द्रले हालसम्म प्रदेश १ मा १२४ वडाध्यक्ष जितेको छ । २ वटा पालिकाको प्रमुख र अध्यक्ष जितेका नेकपा एकीकृत समाजवादी र जसपाले समान २०÷२० वटा वडाध्यक्ष जितेका छन् भने दुईवटा पालिकाको प्रमुख र अध्यक्ष जितेको राप्रपाले १४ वटा वडामा जितेको छ । यस्तै स्वतन्त्र र अन्यले ३० वटा वडाध्यक्ष जितेका छन् ।
मत परिणाम अनुसार माओवादी केन्द्रले तेह्रथुममा एउटा पनि वडाध्यक्ष जितेको छैन । माओवादी केन्द्रले सबैभन्दा धेरै खोटाङमा २४ वडाध्यक्ष जितेको छ । एमालेले भने सबैभन्दा बढी मोरङमा ७८, झापामा ६२ र सुनसरीमा ५४ वडाध्यक्ष जितेको छ । काँग्रेसले भने सबैभन्दा बढी मोरङमा ६०, सुनसरीमा ५१, झापामा ५१ वडाध्यक्ष जितेको छ ।
अहिलेसम्म प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३५ स्थानीय तहको नतिजा प्राप्त हुँदा काँग्रेसले ६७ स्थानीय तहमा प्रमुख र अध्यक्ष तथा ४४ वटा उपप्रमुख र उपाध्यक्ष पद जितेको छ । यस्तै एमालेले ४७ वटा प्रमुख अध्यक्ष र ६१ उपप्रमुख र उपाध्यक्ष पद जितेको छ भने माओवादी केन्द्रले प्रमुख र अध्यक्षमा १२ र उपप्रमुख र उपाध्यक्षमा २१ वटा जितेको छ ।
राप्रपा र जसपाले समान २ तहको प्रमुख र २ उपप्रमुख जितेको छ भने ३ जना स्वतन्त्र उम्मेदवारले प्रमुख र अध्यक्ष पदमा जीत हासिल गर्दा नेकपा एकीकृत समाजवादीले २ प्रमुख र अध्यक्ष र ५ स्थानमा उपप्रमुख र उपाध्यक्ष जितेको छ ।
प्रदेश १ को निर्वाचन परिणाम आउन अब २ पालिकाको मात्रै बाँकी छ । प्रदेश १ का १३७ स्थानीय तहमध्ये अब उदयपुरको कटारीको मतगणना अन्तिम चरणमा पुगेको छ भने त्रियुगामा हिजोदेखि मतगणना सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण