बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घ्यु हो पावर हाउस : महिनावारीको दुखाईबाट राहत, लामो–नरम कपाल र कोमल गुलाबी ओठ पाइने

बुधबार, ११ जेठ २०७९, १७ : ०५
बुधबार, ११ जेठ २०७९

शुद्ध घ्यू सबै मिनरल्स र भिटामिनको पावरहाउस हो । आयुर्वेदमा घ्यूलाई रसायन भनिन्छ । यो शरीरको हरेक भागका लागि फाइदाजनक छ । यसको फाइदाबारे भारतका आयुर्वेदाचार्य पियुष जुनेजाले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा बताएका छन् ।

कपाल सुन्दर हुनेः

घ्युमा भिटामिन ए, बी र केटुबाहेक एन्टिअक्सिडेन्ट, फ्याटी एसिड, मिनरल्स हुन्छन् । यसमा पाइने फ्याटी एसिड ओमेगा थ्री, ओमेगा नाइनले कपाललाई बढ्न सहयोग गर्छ । कपालमा मनतातो घ्यु राती लगाउनुहोस् र बिहान नुहाउनुहोस् । यसलाई लगाएर बाहिर ननिस्कनुहोस् नभएर कपालमा धुलो, माटोका कण टाँस्सिन सक्छ । शुद्ध घ्यु मात्रै कपालमा लगाउनुहोस् । यदि घ्यु शुद्ध छैन भने कपाल सेतो पनि हुनसक्छ ।

पियुषका अनुसार नाइटोमार्फत् शरीरको सबै नसा जोडिएको हुन्छ । यसमा घ्यु लगाउँदा महिनावारीमा हुने दुखाईबाट राहत मिल्छ र छाला पनि चम्किलो हुन्छ ।

घ्युका फाइदै फाइदाः

– सही मात्रामा घ्यु खाँदा शरीरमा कोलेस्ट्रोलको स्तर कम हुन्छ

– घ्युले शरीरमा ग्लुकोजको स्तरलाई रेगुलेट गर्छ

– घ्युमा धेरै फ्याट हुन्छ, यसले शरीरमा टेस्टोस्टेरोनको स्तर बढाउँछ

– जोर्नीलाई पीडाबाट राहत दिन्छ

– हल्का तातो पारिएको घ्यु छातीमा लगाउँदा कफ कम हुन्छ

– दुई चम्चा गाईको घ्यु खाँदा कब्जियत टाढा भाग्छ

– घ्युमा ओमेगा फ्याटी एसिड हुन्छ जसका कारण क्यान्सर लाग्दैन

– ग्लुकोमा जस्तो रोग पनि घ्युबाट नै निको पार्न सकिन्छ

– नियमित रुपमा घ्यु खाँदा दिउँसो सुत्ने रोगबाट छुटकारा पाउन सकिन्छ

– गर्भावस्थामा कम मात्रामा घ्यु खाँदा लाभदायी हुन्छ

– घ्यु खाँदा बंगारा र दाँत बलियो हुन्छ

– एमिनो एसिड हुँदा शरीरमा बोसो कम नै लाग्ने गर्छ

गुलाबी ओठः

घ्युमा पाइने स्याचुरेटेड फ्याटले फुटेको ओठलाई निको पार्ने काम गर्छ । यसमा हेल्दी फ्याटी एसिड मुफा, पुफा, ओमेगा थ्री, ओमेगा नाइटले ओठलाई मुलायम बनाउँछ । तपाईं लिप बामको साटो घ्युको प्रयोग गर्न सक्नुहुन्छ ।

महिनावारीको दुखाईमा राहतः

शरीरको पूरा नशा नाइटोसँग जोडिएको हुन्छ । गाईको घ्यु नाइटोमा लगाउँदा शरीरमा टक्सिनको मात्रा सन्तुलनमा रहन्छ । राती सुत्नु अघि नाइटोमा घ्युको दुई तीन थोपा दैनिक लगाउँदा छालाले पोषण पाउँछ । महिनावारीको दुखाईबाट पनि राहत मिल्छ ।

अत्यधिक घ्यु खानबाट जोगिनुहोस्ः

– धेरै घ्यु खाँदा झाडा लाग्ने सम्भावना हुन्छ

– केहीलाई घ्युसँग एलर्जी पनि हुनसक्छ

– घ्युको अत्यधिक सेवनले तौल बढ्न पनि सक्छ

कसले घ्यु खानु हुँदैन

मुटु रोग भएकाहरुले

कोलेस्ट्रोल बढी भएकाहरुले

अत्यधिक मोटा व्यक्तिहरुले

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप