बुबा सुनीलको सम्झनामा सञ्जयको भावुक पोष्ट - मेरो शक्ति र प्रेरणा हुनुहुन्थ्यो
स्वर्गीय अभिनेता तथा निर्माता सुनील दत्तले बलिउडमा धेरै हिट फिल्म दिएका छन् । फिल्म क्षेत्रको सफलतापछि राजनीतिमा होमिएका दत्तको राजनीतिक यात्रा पनि सफल मानिन्छ । सुनीलको निधन २५ मे २००५ मा भएको हो ।
उनको निधन भएको अहिले १७ वर्ष पुगेको छ । सुनील अभिनेता संजय दत्तका बुबा पनि हुन् । सुनीलको निधनको पुण्यतिथीका अवसर पारेर अभिनेता संजय दत्तले सामाजिक संजालमा एक भावुक पोष्ट गर्दै बुबाको सम्झना गरेका छन् । पोष्टमा उनले बुबालाई आफ्नो शक्ति, प्रेरणा र हरेक आवश्यकताको सहयोगी बताएका छन् ।
उनले बुबासँगको एक तस्बिरसहित लेखेका छन्, ‘राम्रो नराम्रो हरेक परिस्थितीमा तपाई मलाई बाटो देखाउन र रक्षाका लागि खडा हुनुहुन्थ्यो । तपाई मेरो शक्ति, प्रेरणा र हरेक आवश्यकताको सहयोगी हुनुहुन्थ्यो । तपाईं सधैं मेरो हृदयमा रहनु हुनेछ बुबा, आइमिस यु ।’
सुनीलले हरेक कठिन समयमा छोरा सञ्जय दत्तको साथ दिएका थिए । जसको वर्णन फिल्म ‘सञ्जु’ मा निकै नजिकबाट गरिएको छ । ‘सञ्जु’ सञ्जय दत्तको जीवनमा आधारित रहेर निर्माण गरिएको फिल्म हो । सञ्जय दत्तले आफ्नो करियरमा धेरै उत्कृष्ट फिल्म दिएका छन् । सञ्जयले फिल्ममा बुवा सुनिल दत्तसँग पनि स्क्रिन सेयर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण