प्रदेश १ : ११५७ वडाको अध्यक्षमा ५ जनामात्रै महिला !
प्रदेश १ को ११५७ वडामध्ये ५ वडाध्यक्ष मात्रै महिलाले जितेका छन् । अन्य ११५२ जना पुरुष वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिक नेतृत्वमा महिला सहभागिताको सुनिश्चितताका लागि भन्दै संविधान र कानुनमै व्यवस्था गरिएको छ । तर, राजनीतिक दलको उदासीनताका कारण व्यवहारमा संविधान र कानुनका प्रावधानहरुको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको हो ।
प्रदेश १ मा ०७४ सालको निर्वाचनमा १० जना महिलाहरु वडाध्यक्षमा निर्वाचित भएका थिए । यस पटकको निर्वाचनमा १३६ जना महिलाहरु वडाध्यक्षको उम्मेदवार बनेका थिए । त्यसमध्ये अत्यन्तै कम ५ जनामात्रै महिलाहरु वडाको नेतृत्व लिन सफल भएका हुन् ।
वडाको नेतृत्व लिन सफल भएका महिलाहरु सबै एमालेका उम्मेदवार हुन् । तेह्रथुमको म्याङलुङ ७ मा तारा कार्की गुरुङ निर्वाचित भएकी छन् । उनले ४९५ मत ल्याउँदा काँग्रेसका राजन गुरुङले ४०३ मत ल्याएका थिए । यस्तै धनकुटाको पाख्रिबास ९ को वडाध्यक्षमा निर्वाचित सम्झना आले पनि एमालेकी उम्मेदवार हुन् । उनले ६१२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका धनबहादुर तामाङ मोक्तानले ५४० मत ल्याएका हुन् ।
यस्तै मोरङको उर्लाबारी ७ मा पनि उर्मिला थापा वडाध्यक्षमा निर्वाचित भएकी छन् । उनले विपक्षी काँग्रेसका वीरबल थापालाई भारी मतले पराजित गरेकी हुन् । उर्मिलाले १ हजार ४ सय ५५ मत ल्याउँदा वीरबलले १ हजार १ सय ४४ मत ल्याएका छन् । मोरङकै बेलबारी ७ को वडाध्यक्षमा सुनिता चौधरी निर्वाचित भएकी छिन् । उनले भने– माओवादीका विन्देश चौधरीलाई पराजित गरेकी हुन् । विन्देशले ८५७ मत ल्याउँदा सुनिताले ८९७ मत ल्याएकी छिन् ।
सोलुखुम्बुको महाकुलुङ ४ मा पनि सरस्वती कुलुङ निर्वाचित भएकी छन् । उनले काँग्रेसका विशाल कुलुङ राईलाई हराएकी हुन् । सरस्वतीले ३१८ मत ल्याउँदा विशालले २ सय ७९ मत ल्याएका छन् । वडाध्यक्षमा उठेका प्रदेश १ का अन्य १९ जना महिलाले दोस्रो र २७ जना महिलाले तेस्रो स्थान ल्याएका छन् ।
०७४ सालमा १० जना महिलाले वडाध्यक्षमा जितेका थिए । जसमा ताप्लेजुङमा २, पाँचथरमा २, झापामा ३, संखुवासभा, उदयपुर र ओखलढुंगामा १/१ जना थिए । ०७४ सालमा वडाध्यक्षका महिला उम्मेदवार संख्या १७४ जना थियो । यस पटक दलहरूको कन्जुस्याइका कारण महिला उम्मेदवारको संख्यामा पनि कमी आएको देखियो ।
प्रदेश १ मा ६ जना महिला पालिका प्रमुखमा र ९९ जना महिला पालिकाको उपप्रमुखमा जितेका छन् । ०७४ सालमा पालिका प्रमुखमा १ जना महिलाले जितेको थियो भने १३१ पालिकाको उपप्रमुख÷उपाध्यक्ष पदमा महिला नै निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण