बटलरको शतकको मद्दतले बैंगलोरलाई हराउँदै राजस्थान १४ वर्षपछि फाइनलमा
जोस बटलरको शतकको मद्दतले आईपीएलको दोस्रो क्वालिफायरमा बैंग्लोरलाई सात विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको छ । बटलरले ६० बलमा १० चौका र ६ छक्का प्रहार गर्दै अविजित १०६ रन बनाए ।
राजस्थान रोयल्स सन् २००८ पछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । सन् २००८ मा शेन वार्नको कप्तानीमा राजस्थानले पहिलो पटक यो प्रतियोगिता जितेको थियो।
टस जितेर राजस्थानका कप्तान सञ्जु सामसनले बैंगलोरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए । बैंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा राजस्थानका ओपनर जोस बटलर र यशस्वी जैसवालले द्रुत सुरुवात गर्दै पहिलो पाँच ओभरमा ६१ रन जोडे पनि छैटौं ओभरको पहिलो बलमा जोस हेजलउडले यो जोडी तोडेका थिए ।
यस बलमा यशस्वी जैसवालले १३ बलमा २१ रन बनाएर विराट कोहलीलाई टी–२० क्रिकेटमा आफ्नो १५० औं क्याच दिए । त्यसपछि कप्तान सञ्जु सामसन पिचमा आए र २१ बलमा २३ रन बनाए । बटलरसँग सञ्जुले ३९ बलमा ५२ रन जोडे।
यसपछि जोस बटलरले पनि यस आईपीएलमा आफ्नो ८०० रन पूरा गरे र टोलीलाई सजिलै सात विकेटले जित दिलाए। बटलरले ५९ बलमा शतक बनाए र छक्का लगाएर टोलीलाई जित दिलाए । योसँगै राजस्थान १४ वर्षपछि पहिलो पटक आईपीएलको फाइनलमा पुगेको छ । बैंगलोरका लागि जोस हेजलवुडले दुई विकेट लिए भने वानिन्दु हसरंगाले कप्तान सञ्जु सामसनलाई आउट गरे ।
यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले रजत पाटीदारको अर्धशतकको मद्दतले राजस्थानलाई १ सय ५८ रनको लक्ष्य दिएको थियो ।पाटीदारले ५८ रन बनाए । डु प्लेसिसले २५ र विराटले मात्र ७ रन बनाए । योसँगै ग्लेन म्याक्सवेलले आफ्नो छोटो तर तीव्र पारीमा १३ बलमा २४ रनको योगदान दिए ।
राजस्थानका लागि प्रसिद्ध कृष्णा र ओब्द मेकोयले तीन–तीन विकेट लिए । योसँगै ट्रेन्ट बोल्ट र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए । अब आईपीएलको फाइनलमा राजस्थानले गुजरातको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण