युक्रेनी सेनालाई थप सैन्य सहयोग गर्नुपर्छ : जोनसन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको दोनबासमा सुस्त तर स्पष्ट प्रगति गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले टिप्पणी गरेका छन् । ‘मलाई डर छ कि पुटिनले आफू र रुसी सेनाको लागि ठुलो मूल्य चुकाएर दोनबासलाई नियन्त्रणमा लिन चाहन्छन्’, प्रधानमन्त्री जोनसनले भने ।
रुसी सेना निरन्तर ढंगले युक्रेनतर्फ अगाडि बढेकाले त्यसको प्रतिकार गर्न युक्रेनी सेनालाई सैन्य सहयोग गर्नुपर्ने उनले बताए । युक्रेनलाई नाजी सोबाट मुक्त गर्न र निशस्त्रीकरण गर्न भन्दै रुसी सेनाले २४ फेब्रुअरीदेखि हमला गरिरहेको छ । राजधानी किभलगायतका महत्त्वपूर्ण क्षेत्रमा हमला गरिरहेको रुसी सेना पछिल्लो समय पूर्वी युक्रेनमा केन्द्रित छ । रुसी सेनाले युक्रेनको बन्दरगाह सहर मारिओपललाई नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।मारिओपलोको स्टिल कारखानामा लामो समयदेखि बन्धक भएका युक्रेनी सेनालाई रुसी सेनाले रिहा गरिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
खुकुरी प्रहार गरेर भागेका ‘टाइगर’ पक्राउ
-
युरेनियम धातु उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन : परराष्ट्रमन्त्री
-
रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण