युक्रेनी सेनालाई थप सैन्य सहयोग गर्नुपर्छ : जोनसन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सेना पूर्वी युक्रेनको दोनबासमा सुस्त तर स्पष्ट प्रगति गरिरहेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले टिप्पणी गरेका छन् । ‘मलाई डर छ कि पुटिनले आफू र रुसी सेनाको लागि ठुलो मूल्य चुकाएर दोनबासलाई नियन्त्रणमा लिन चाहन्छन्’, प्रधानमन्त्री जोनसनले भने ।
रुसी सेना निरन्तर ढंगले युक्रेनतर्फ अगाडि बढेकाले त्यसको प्रतिकार गर्न युक्रेनी सेनालाई सैन्य सहयोग गर्नुपर्ने उनले बताए । युक्रेनलाई नाजी सोबाट मुक्त गर्न र निशस्त्रीकरण गर्न भन्दै रुसी सेनाले २४ फेब्रुअरीदेखि हमला गरिरहेको छ । राजधानी किभलगायतका महत्त्वपूर्ण क्षेत्रमा हमला गरिरहेको रुसी सेना पछिल्लो समय पूर्वी युक्रेनमा केन्द्रित छ । रुसी सेनाले युक्रेनको बन्दरगाह सहर मारिओपललाई नियन्त्रणमा लिएको दाबी गर्दै आएको छ ।मारिओपलोको स्टिल कारखानामा लामो समयदेखि बन्धक भएका युक्रेनी सेनालाई रुसी सेनाले रिहा गरिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ?
-
विश्वकप छनोटमा वेल्सलाई सफलता
-
विश्व नम्बर एक एरिना सबालेन्का मियामी ओपनको अन्तिम १६ मा
-
इजरायलले हवाई आक्रमण गरेपछि लेबनानबाट रकेट प्रहार, बच्चासहित सात जना मारिए
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड तथा रियाल, दिराम र दिनारलगायत विदेशी मुद्राको मूल्य ?
-
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत