ओलीको गनथनमा निर्वाचनमा हार व्यहोरेको कुण्ठाबाहेक केही देखिएन : थापा
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गरेका छन् । स्थानीय चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थन मात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिइरहन आवश्यक नभएको तर्क समेत गरेका हुन् ।
शनिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार व्यहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको, विचार नभएको र असहमति पनि नभएको जिकिर समेत गरे । निर्वाचनको हारपछि रन्थनिएको बेला ओलीले संसद्मा बसेर, उठेर जसरी बोले पनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाई थियो ।
महामन्त्री थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलको प्रारम्भमा नै करिब घण्टौँको एउटा लामो गन्थन प्रस्तुत भइसके पछाडि मलाई केही साथीहरूले भन्नु भयो–यो गन्थनमा व्यक्त भएको प्रत्येक कुराको जवाफ दिनुपर्छ । मैले साथीहरूलाई भने–प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति व्यक्त हुन्छ । असहमति व्यक्त हुन सक्छ । तर कुण्ठामा त्यस्तो केही पनि हुँदैन । कुण्ठामा केवल सहानुभूति मात्रै प्रकट हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नु भो–घण्टौँ बसेर बोल्ने ? मैले भने यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोले पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनु पर्छ । कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्ने कुरा हो । हामी केवल विचार मात्रै भन्न सक्छौ, यति हो । निर्वाचन हुँदैन–हुँदैन भनियो । शानदार ढङ्गले निर्वाचन भयो । त्यो पनि एकैपटक सम्पन्न भयो ।’
महामन्त्री थापाले सरकारले मङ्सिरमा संघ र प्रदेशको चुनाव सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । स्थानीय तहको निर्वाचन शानदार ढङ्गले एकैपटक सम्पन्न गराएको सरकारले मङ्सिर भित्र संघ र प्रदेशको चुनाव गराउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
खुकुरी प्रहार गरेर भागेका ‘टाइगर’ पक्राउ
-
युरेनियम धातु उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन : परराष्ट्रमन्त्री
-
रास्वपा अनुशासन आयोगको प्रमुखमा लेखनाथ पौडेल
-
बाँकेमा रासायनिक मल वितरण
-
फ्रान्सको खतरनाक लय : विपक्षीलाई तर्साउँदै ‘सुपरस्टार’हरूको टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण