ड्रग्स केसमा आर्यनलाई क्लिन चिट : भनेका थिए, ‘निद्रा लाग्दैनथ्यो, अमेरिकामा गाँजा खान थालेको थिएँ’
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज ड्रग्स केसमा क्लिन चिट पाएका छन् । यो मामिलामा एजेन्सीको तर्फबाट दायर आरोपपत्रका अनुसार आर्यन खानले नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) लाई अमेरिकामा आफ्नो ग्रेजुएशनका दिनदेखि नै गाँजा खाना सुरु गरेको बताएका थिए । उनलाई निद्रा नलाग्ने समस्या भएका कारण गाँजा खाँदा आफूले यसमा राहत पाउने भएकोले यस्तो गरेको उनले बताएका थिए ।
आर्यनले सन् २०१८ मा गाँजा खाना सुरु गरेका थिए
आरोपपत्रका अनुसार एनसीबीको अगाडि आफ्नो एक बयानमा आर्यन खानले सन् २०१८ मा अमेरिकामा गाँजा खान सुरु गरेको स्वीकार गरेका थिए । अर्को एउटा बयानमा आर्यनले एनसीबीलाई ग्रेजुएशनका बेला आफूलाई निद्रासम्बन्धि केही समस्या भएकोले गाँजाको सेवन सम्बन्धि इन्टरनेटमा पढेको र यसको प्रयोग गरेको पनि बताएका थिए ।
एनसीबीले एक अन्य बयानमा आर्यन खानले उनको मोबाइल फोनमा भेटिएको आपत्तिजनक ह्वाट्सएप ड्रग च्याट उनी आफैंले पठाएका थिए भनी स्वीकार गरेका थिए । आर्यनले एजेन्सीलाई उनले मुम्बईको बान्द्रामा एक ड्रग डिलरलाई पनि चिन्ने गरेको बताए । तर उनलाई ती व्यक्तिको नाम र ठेगाना थाहा नभएको बताएका थिए ।
आर्यनविरुद्ध प्रमाण भेटिएन : एनसीबी
क्रुज ड्रग्स पार्टी केसमा पक्राउ परेका आर्यन खानलाई क्लिन चिट दिएपछि एनसीबीले आरोपपत्रमा आफ्नो गल्ती स्वीकार गर्दै आर्यन खानविरुद्ध न त कुनै प्रमाण भेटिएको न नै कुनै साक्षीले उनलाई ड्रग्स दिएको कुरा मानेका छन् । यो केसमा एनसीबीले ६ हजार पेजको चार्जसिट स्पेशन एनडीपीएस कोर्टमा दायर गरेका छन् । यो मामिलामा आर्यनसहित १९ जना आरोपी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण